विराटनगर आईसिपी क्षेत्रमा आईपुग्यो कार्गो रेल

विराटनगर आईसिपी क्षेत्रमा आईपुग्यो कार्गो रेल

विराटनगर । विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म कार्गोरेल आईपुगेको छ ।

भारतको बथनाहास्थित रेलवे स्टेशनबाट नेपाली उद्योगका कच्चा मालवस्तु बोकेर भन्सार क्षेत्रमा कार्गोरेल आएको हो । लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएको माग बिहीबारदेखि सम्बोधन भएको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेर बथनाहा–विराटनगर रेलमार्गको शुभारम्भ गर्नु भएको थियो । विराटनगर आईसिपी क्षेत्रमा अहिले रेल विभाग नेपाल, स्थानीय प्रशासन, भन्सार प्रशासन तथा उद्योगी व्यवसायीको उपस्थित रहेको छ ।

उनीहरुले कार्गोेरेललाई स्वागत गरेका छन् । भारत सरकारको सहयोगमा निर्माण भएको कार्गोरेल सेवा यो पहिलो हो । यात्रु रेल सेवा जनकपुर जयनगर सञ्चालनमा रहेको छ ।

यस अगाडीसम्म नेपालको मालवस्तु रेलमा ल्याउँदा भारतको बथनाहासम्म आउने गरेको थियो । त्यहाँबाट कन्टेनर मालवहाक सवारीमा राखेर ल्याउनु पर्ने बाध्यता रहँदै आएको थियो । अब भन्सार क्षेत्रमै कार्गोरेल अनलोड हुने भएपछि सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्