‘एसइई बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सम्पन्न

<span class='c1'>‘एसइई बास्केटबल ट्यालेन्ट</span> <span class='c2'>हन्ट २०८०’ सम्पन्न</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगरमा 'एसइई बास्केटबल ट्यालेन्ट हन्ट २०८०' सम्पन्न भएको छ ।

एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि बैशाख ६ गते देखि जेठ १५ गतेसम्म आयोजना गरिएको ट्यालेन्ट हन्ट सम्पन्न भएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ।

विराटनगर ११ को बिकेभिएम स्कुल र विराटनगर ५ को एभरेष्ट स्कुललाई सेन्टर बनाई एक महिना ट्रेनिङ र ट्यालेन्ट हन्ट गरिएको ट्यालेन्ट हन्टका कार्यक्रम संयोजक दिपेश कट्‍वालले बताए।

विराटनगरका विभिन्न स्कुलबाट एसइई दिएर बसेका ३० जाना विद्यार्थीहरु लाई एकेडेमीका प्रशिक्षक मुकेश यादव र सरोज लम्सालले ट्रेनिङ दुई सेन्टरमा प्रशिक्षण दिएका थिए।

ट्यालेन्ट हन्टको समापनमा दुई सेन्टर बिच मैत्रीपुर्ण खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा खेलाइएको थियो।

बिहिबार भएको मैत्रीपुर्ण खेलमा बिकेभिएम सेन्टरले एभरेष्ट सेन्टरलाई २२-१५ स्कोरको पराजित गरेको थियो। मैत्रीपुर्ण खेल बिद्यार्थीहरुले हन्टमा सिकेका खेललाई कसरी प्रयोग गर्ने भनेर जन्न खेलाएको हन्टको कार्यक्रम संयोजक कट्‍वालले जानकारी दिए।

हन्टमा सहभागी विद्यार्थीहरुलाई कार्यक्रम संयोजक दिपेश कट्‍वाल, एकेडेमीका प्रशिक्षक त्रिलोक बस्तोला र सन्छेप श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्