नेपालमा केएमसीले भित्र्यायो ६४ च्यानलको थ्री तेस्ला एमआरआई

<span class='c1'>नेपालमा केएमसीले भित्र्यायो ६४</span> <span class='c2'>च्यानलको थ्री तेस्ला एमआरआई</span>

काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो अत्याधुनिक २००÷६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको छ । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा रहेका बेला केएमसीमा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याइएको हो ।

केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रको दावी अनुसार नेपालमै पहिलो पटक हामीले ६४ च्यानलको थ्री तेस्ला एमआरआई प्रयोगमा आएको छ । यो नेपालमा हालसम्मकै लेटेस्ट एमआरआई हो ।

बढी क्षमता भएकाले यो एमआरआई छिटो र स्तरीय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, अन्य मेसिनले ३० मिनेट लगाउँने बिरामीलाई यो मेसिनमा करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउँन सकिने रेडियोलोजी बिभागका इन्चार्ज मिश्रले बताए ।

जर्मनमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो । अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएर अन्यत्रको तुलनामा सस्तो दरमा सेवा उपलब्ध गराइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्