विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा

विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा

विराटनगर । संस्थागत विद्यालयका विद्यार्थी नियन्त्रण गर्न शिक्षकहरुलाई हम्बेहम्बे पर्न थालेको छ । विद्यालय परिसरका सबै स्थानको निगरानी सिसी क्यामरा र भौतिक रुपमा विद्यालयका कर्मचारी तथा शिक्षकले गर्ने गर्दछन् । तर, विराटनगर–११ स्थित सगरमाथा बोर्डिङ स्कुलले भने छात्रहरुको शौचालयमा समेत सिसी क्यामरा जडान गरेर विद्यार्थीको निगरानी गर्नुपर्ने स्थिति आएको छ ।

सगरमाथा बोर्डिङ स्कुलले शौचालयमा सिसी क्यामरा किन राखेको भनेर प्रिन्सिपल त्रिलोचन गौतमसँग बुझ्दा प्रसङ्ग रोचक तरिकाले उठ्यो । गौतमका अनुसार विद्यालय क्षेत्रभित्र सबै स्थानमा हेरचाह, संरक्षण र सुरक्षाको पत्याभूति दिलाउने शौचालय भित्र प्रवेश गरेर एकअर्कालाई धक्कामुक्का गर्नेदेखि गुट्खा खानेसम्मको काम भएको थाहा पाएपछि त्यहाँ पनि सिसी क्यामरा जडान गरिदिएको हो ।

कक्षा कोठामा अध्ययनअध्यापन सम्हाल्नु, विद्यालय परिसरमा विद्यार्थीको सुरक्षामा रेखदेख गर्नु दैनिकी रहेका शिक्षकलाई अभिभावकले कुनै न कुनै कम्प्लेन लेखाउँछन्, गौतमले भने–अनि झगडा कहाँ भएको भनेर सोध्यो भने शौचालय गएको बेला भन्छ विद्यार्थी, कसले कसलाई हान्यो भनेर खोज्यो भने दुवै पक्षको उस्तै दावी हुन्छ ।

प्रिन्सिपल गौतमले छात्रको शौचालयको यूरिनल नदेखिने गरि विद्याथीको टाउको माथिको भाग देखिने गरि सिसी क्यामरा जडान गरिएको दावी गरे । ‘अहिलेका विद्यार्थी जति नै अनुशासनको कुरा गरेपनि यसो लुकेर गुट्खा खाईहाल्ने गर्दछन्’ गौतमले भने–शौचालयमा गुट्खाको खोल भेटिएपछि कसले फ्याँक्यो भनेर सोध्नले हैरान हुन्छ । सिसी क्यामराले निगरानी गरिदिदाँ विद्यालय भित्र त्यो समस्या कम भएको गौतमको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्