कोशी प्रदेश : नियमावली छलफलका लागि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले पारित

<span class='c1'>कोशी प्रदेश : नियमावली छलफलका लागि</span> <span class='c2'>विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले पारित</span>

विराटनगर । कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेशसभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले आज सदनमा पेश गर्नुभएको थियो । प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, गणेशप्रसाद उप्रेती, गीतादेवी रेग्मी, भीम पराजुली र राजेन्द्रकुमार राईले उठाउनुभएको कुरा र जिज्ञासाको सम्बन्धमा संयोजक अधिकारीले जवाफ दिनुभएको थियो ।

सभामुख बाबुराम गौतमले मस्यौदा संशोधनका निम्ति ७२ घण्टाको अवधि दिई सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्न समय तोक्नुभयो ।

विशेष समय

नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य भूपेन्द्र राईले सदस्यहरूले कानून निर्माण र सुशासनका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वभौम यो सभामा बन्ने ऐन र कानूनको सही कार्यान्वयन एवं परिचालन हुनुपर्ने भन्दै प्रदेश सरकारले गरेको खर्चमा रु एक अर्बभन्दा बढी रकम बेरुजु देखिएकाले सरकारले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले अनुचितरूपमा भोगिरहेको सेवा र सुविधा फिर्ता गराउन सरकार गम्भीर हुनुपर्छ भन्नुुभयो ।

नेकपा (एमाले) संसदीय दलका तर्फबाट सदस्य रामदेव यादवले सुनसरीको बर्जु गाउँपालिकामा अवस्थित ठूलो क्षेत्रको बर्जुताललाई संरक्षण एवं संवर्द्धन गर्न प्रदेश सरकारले यथोचित बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

जसपा नेपाल संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेश सरकारमा आफूले मन्त्रीपदबाट दिएको राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै प्रदेश सरकारले पहिचानवादीसँग प्रदेशको नामका लागि वार्ता गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले वार्ताका लागि आह्वान गरे पनि वार्ता टोली गठन नगर्नुले त्रुटिपूर्ण छ भन्दै सरकारले पहिचान पक्षधरसँग इमान्दार भएर वार्ता गर्नुपर्ने माग राख्नुभयो ।

सभामा प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, गोम्बु शेर्पा, तिलचन पाठक, राधाकृष्ण खनाल, रामुकुमार खत्री र सुनिता गच्छदार चौधरीले शून्य समयको सदुपयोग गर्दै मुलुकको समसामयिक विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही जेठ २३ गते दिउँसो १ बजे बस्नेछ ।

फोटो :फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्