विराटनगरमा निःशुल्क प्लास्टिक सर्जरी

<span class='c1'>विराटनगरमा निःशुल्क</span> <span class='c2'>प्लास्टिक सर्जरी</span>

विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका व्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ ।

कोशी प्रदेश , मधेश प्रदेशबाट समेत १६ जना बिरामीहरु उपचारका लागि आएका नर्सिङ स्टाफ निलम श्रेष्ठले जानकारी दिइन् ।

समस्यामा परेका आफ्ना टोल समाजमा रहेका यस्ता प्रकृतिका व्यक्तिहरुले सम्पर्क गर्दा उपचार पाउने भएका हुन् । मुख भित्रको शल्यक्रिया भईसकेपछि बोलि राम्रो बनाउन बोलिको तालिम हरेक दिन दिने गरेको स्पिच थेरापिस्ट शिव कुमारी राइले बताइन् ।

जलेको पोलेको बिरामीको उपचार पश्चात फिजियो थेरापि गराउनु पर्ने र उक्त सेवा समेत फेक्ट नेपालले निःशुल्क उपलब्ध गराएको संस्थाका कर्मचारी सबिना चौधरीले जानकारी दिइन् ।

प्लास्टिक सर्जन डाक्टर किरण नकर्मीको नेतृत्वमा डाक्टर बन्दना पौडेल लगायतको टोलिले नि:शुल्क शल्यक्रिया गरि उपचार गरि रहेको छ।कोशी प्रदेश तथा मधेश प्रदेश लगायतका क्षेत्रबाट सेवा लिन आएको र विभिन्न जिल्ला तथा समुदायमा स्थानीय संघसंस्था सँगको सहकार्यमा शिविर संचालन गरि त्यस्ता बिरामीको छ्नोट गरि विराटनगर ल्याई नि:शुल्क खाने बस्ने व्यवस्था समेतको प्रबन्ध गर्दै शल्यक्रिया गरिने फेक्ट नेपालका कर्मचारी रेनुका श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्