विराटनगरका विद्यार्थीहरुलाई लक्षित गरेर टक-सो कार्यक्रम हुने

<span class='c1'>विराटनगरका विद्यार्थीहरुलाई लक्षित गरेर</span> <span class='c2'>टक-सो कार्यक्रम हुने</span>

विराटनगर। विराटनगर-११ स्थित रत्न होटलमा टक-सो कार्यक्रम हुने भएको छ ।

आइतबार दिउँसो २ बजेदेखि ४ बजेसम्म युवा विद्यार्थीहरुलाई लक्षित गरेर किंग्स कलेजको आयोजना तथा कारखाना र फुडमाण्डुको सहकार्यमा टक-सो कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा कारखानाका सीइओ पवित्र गौतम, काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका सहविज्ञ शैलेन्द्र झा,किंग्स कलेजकी डिजीटल कम्युनिटी म्यानेजर मलिका भट्टराई र उपायका निर्देशक नवाङ शेर्पा र कार्यक्रममा सहभागीहरुसँग टक-सो कार्यक्रम रहेको किंग्स कलेजका कार्यक्रम संयोजक सौरभ रेग्मीले जानकारी दिए ।

उद्यमशीलता र नेतृत्वको उत्कृष्ट अभ्यासहरूमा युवा उद्यमीहरूको बारेमा अभिमुखीकरण गर्नका लागि उद्योग विशेषज्ञहरूसँग कार्यक्रममा आउने हुँदा विराटनगरबासीले अनिवार्य सहभागी हुनुपर्ने किंग्स कलेजका कार्यक्रम संयोजक रेग्मीले बताए।

नेपालको शिक्षालाई विश्वमा राम्रो मानिन्छ। तर पनि कक्षा १२ पछी विद्यार्थीहरु पढ्नका लागि विदेश जानेको अहिले ट्रेन्ड नै भएको छ।
विद्यार्थीहरु पढ्नका लागि विदेश जानुको कारण के हो ? नेपालमा के समस्या छ ? नेपालमा किन पढ्ने ? नेपालमा चुनौतीसगै सम्भावना के के छ? आदि जस्ता विषयको बारेमा कार्यक्रममा छलफल हुने आयोजकले जनाएको छ।

बाहिर पढ्न गएका विद्यार्थीहरु कलेज टप गरेको सुन्दै आएका छौ ! विद्यार्थीहरुमा क्षमता छ। तर क्षमताले मात्रै हुदैन नेपालको शिक्षा प्रणालीले स्कुल र कलेजले प्रयोगात्मक शिक्षा ल्याउनु आवश्यकता रहेको कार्यक्रम संयोजक रेग्मीले सुनाए।

कार्यक्रममा सबै वर्गका मानिस सहभागी हुन पाउने कार्यक्रम संयोजक रेग्मीले बताए। विराटनगरबाट सुरु गरेर नेपालभरी नै यस्तो कार्यक्रम गर्ने योजना रहेको कार्यक्रम संयोजक रेग्मीले जानकारी दिए।
कार्यक्रममा सहभागी हुन् तल दिएको फारम भर्नुहोस् :
https://forms.gle/7whPGFaYcagc5nuE7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्