विराटनगरमा बिद्यालयहरुमा बिदा थप, अत्याधिक गर्मी कारण

<span class='c1'>विराटनगरमा बिद्यालयहरुमा बिदा थप,</span> <span class='c2'>अत्याधिक गर्मी कारण</span>

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ ।

यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरेको थियो , बिदा थप गर्दै महानगरले जेष्ठ २१ गतेबाट २३ गतेसम्म बिदा गर्ने निर्णय गरेको हो  ।

नगर शिक्षा समितिको आजको निणर्यअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी थप ३ दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विराटनगरमा तापक्रम ४१ डिग्री सम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्