विराटनगरबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जना पक्राउ

विराटनगरबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जना पक्राउ

विराटनगर । अवैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-५ बाट शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनरको प्रादेशिक अनुन्धान समूहले अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर-५ चाँदनी चोक स्थित भोक्राहा नरसिंह गाउपालिका-६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर-५ का ४२ बर्षीय अरुण यादव रहेका छन् ।

प्रहरीका अनुसार जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा फेला पारेको थियो । यस्तै प्रहरीले को. १३ प ५०८५ नम्बरको मोटरसाईकल समेत पक्राउ गरेको छ ।

पक्राउ परेको रजनीगन्धा र तुलसी सहित तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्