सेन्ट मेरीज स्कुलका कक्षा १२ का विद्यार्थीलाई दिक्षान्त गर्दै विदाई

सेन्ट मेरीज स्कुलका कक्षा १२ का विद्यार्थीलाई दिक्षान्त गर्दै विदाई

विराटनगर । विराटनगरमा रहेको सेन्ट मेरीज माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । प्रथम पटक विद्यालयले पुर्व विद्यार्थीलाई दिक्षान्त तथा सम्मान कार्यक्रम एवं प्रशंसापत्र प्रदान गरि उनीहरुलाई विद्यालयले विदाई गरेको हो ।

विदाई तथा दिक्षान्त कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले २०७९ व्याजको शैक्षिक सत्रमा उत्कृष्टता भएका विद्यार्थीहरुलाई सम्मान पत्रले विदाई गर्नुभएको थियो ।

विद्यालय प्रशासनका अनुसार रोश्ना खड्का, श्रष्टा रायमाझी प्रथम ३.८५ जि.पि.ए, मिलिसा श्रेष्ठ – द्वितीय ३.८२ जि.पि.ए ल्याउन सफल भएको सेन्ट मेरीज स्कुलका प्रोगम कोर्डिनेटर प्रविण कुमार विश्वासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्