उस्सुमा रक्किको क्षमता

उस्सुमा रक्किको क्षमता

सुजता लिम्बू
विराटनगर । नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले संभावना बोकेका कयौँ खेलाडी खेल क्षेत्रबाट ‘ब्याक’ हुने गरेका छन् ।
यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीको सानाठूलो बाढीमा हेलिदै संभावनाको बाटो खोजिरहेका मोरङ कटहरीका उसु खेलाडी २७ वर्षिय रक्कि राजवंशी कुनैदिन सफलता पाइएला भन्ने आसमा बाँचिरहेका छन् ।
त्यसो त उनी २०७० मा भएको लुम्बिनी च्याम्पेन्सिपका गोल्डमेडलिस्ट समेत हुन् । २०६८ सालमा १६ वर्षको हुँदा १९ औँ राष्ट्रिय खेलकुदमा तेश्रो स्थान ओगट्न सफल बनेका उनी सन २०१४ मा दक्षिण कोरियमा हुने एसियाली खेलकुदको १७ औँ संस्करण खेलकुद प्रतियोगिताका दाबेदार समेत बनेका थिए ।

आफ्नो देशलाई खेलको माध्यमबाट अन्तराष्ट्रियस्तरमा समेत चिनाउने अवसर पाउँदा त्यो समय रक्कीको जीवनमा खुशीको कुनै सिमा थिएन । तर, त्यो खुशी केही क्षणका लागि मात्रै रहन गयो । अन्तराष्ट्रि स्तरको खेलमा छानिएर पनि प्रशिक्षकको लापरवाहीका कारण सिंगो नेपालसँगै मोरङले पाएको एउटा स्वणर्िम अवसर गुुमाउनुपर्दाको त्यो क्षण अझै उनले भुल्न सकेका छैनन् । ‘म एसियाली खेलकुदको १७ औँ संस्करण खेलकुद प्रतियागितामा सेलेक्ट भइसकेको थिए,’ उनले विगत स्मरण गर्दै सुनाए,‘तर, कोचको लापर्वाहीले गर्दा म जान पाइन, क्याम्पेनिङ, ट्र्ेनिङमा कोचले पठाउनु नै भएन पहिलो पटक भएकाले पनि मेरो यसमा कुनै अनुभव नै थिएन ।’ सम्भावना बोकेका खेलाडी मोफसलबाट पनि उत्पादन हुनसक्ने भएपनि सबै कुरा काठमाण्डौ केन्द्रिकृत भएकाले पनि खेल क्षेत्रमा जिल्लास्तर माथि उठ्न नसकेको उनी सुनाउछन् । भने जस्तो प्रशिक्षक नहुनु, प्राविधिक कठिनाई , खेलाडीका लागि प्रयोग हुने खेल सामाग्री पर्याप्त नहुनु जिल्लामा रहेर खेल क्षेत्रमा भविष्य खोज्ने खेलाडीका लागि चुनौती रहेको उनी बताउछन् । ‘खेलाडीको लेभल बढेसँगै प्रशिक्षक पनि सोही अनुसार हुनपर्छ तर यहाँ त्यस्तो छैन,’ उनले भने,‘खेलकुद सामाग्रिको अभाव, कोचको समन्वय अभाव विविध कारणले पनि उस्सु खेल माथि उठ्न सकेको छैन ।’

परिवारको असमझदारीका बीच पनि उसुप्रतिको लगावले गोल्डमेडल जितेका उनी यो क्षेत्रमा मोरङ जिल्लाभरबाट गोल्ड मेडल प्राप्त गर्ने एक्लो खेलाडी हुन् । आफू गोल्डमेडलिस्ट हुँदा पनि आफ्नो सर्कल साथै कुनै पनि क्षेत्रले बेवास्ता गर्दा दुःख लाग्ने गरेको उनी सुनाउछन् ।
आफू सक्षम हुँदा पनि आफ्नो पक्षमा बोलिदिने वा सुनदिने कोही निहुँदा कहिलेकाँही उनी खेल जीवनबाट नै निरास नबेनका पनि होइनन् । यद्यपि आत्मविश्वासका साथ अगाडी बढेका उनी उस्सु खेलमा नै एक दिन सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउछन् ।

बिभागमा पनि असफल
कराँतेबाट खेल यात्रा आरम्भ गरेका उनले कराँतेमा ब्ल्याक बेल्ट प्राप्त गरिसकेका छन् । जिल्ला, क्षेत्रस्तरीय खेल्दै राष्ट्रिय स्तरसम्म आफ्नो खेल प्रस्तुत गरिसकेका उनको विभागिय टिमबाट खेल्ने ठूलो सपना नभएको पनि होइन् । तर, त्यहाँ पनि उनले भनेजस्तो सफलता हात पार्न सकेनन् । नेपाल पुलिस क्लबबाट कन्ट्र्याकमा खेलेका उनले नेपाल प्रहरीमा नै भर्ती भएर स्थायीरुपमा नै खेल खेल्ने उनको सपना पुरा भने हुन सकेन ।
उनले नेपाली सेनामा पनि आफूलाई अगाडी सारे तर त्यहाँ पनि उनले सफलता हात पार्न सकेनन् । अहिले विद्यालयमा स्वास्थ्य सम्बन्धि प्रशिक्षण साथै जिममा प्रशिक्षण दिँदै आइरहेका छन् । सर्वसाधरण भएर खेल्दा अनुशासन र लगनशिलता कम हुने हुँदा विभागमा अनुशासन र गर्नैपर्छ भन्ने प्रतिवद्धता हुने हुँदा आफू र आफ्नो खेल क्षेत्रलाई विकास गराउनका निम्ति पनि विभागमा प्रवेश गरेर खेल्ने इच्छा भएको उनी सुनाउछन् । उनी हाँस्दै भन्छन्,‘तर, अब विभागिय भएर खेल्न पनि उमेर गयो । ’

खेलकुदमा राजनीति
घरको जेठा छोरा परिवारको जिम्मेवारी र आर्थिक अवस्थाले पनि जिल्ला नाघेर काठमाण्डौ छिर्न नैतिकताले नदिएको बताउने उनी खेलकुद क्षेत्रमा धेरै राजनीति हुने गरेको उनको गुनासो छ । उस्सु खेलमा डिप्लोमा गर्ने ताका सम्झदै उनी सुनाउछन्,‘मलाई डिप्लोमा गर्नुबाट रोक्नु मेरै साथीभाई लागेका थिए , यहाँ धेरै राजनीति हुन्छ ।’ उनले डिप्लोमा गरे मोरङले नयाँ प्रशिक्षण पाउछ भन्ने चेतले पनि आफूलाई सिनियरहरु मिलेर रोख्न खोजेको र यसका लगि थुप्रै नेताको ढोका ढकढक््याउन पुगेको उनले बताए ।
‘मैले डिप्लोमा गरे भने प्रशिक्षण दिनु पाउछु नि त , यसले गर्दा मलाई रोक्न खोजेको थियो तर म धेरै पटक काठमाण्डौ पुगे,’ उनले भने,‘नेताहरुलाई भनसुन गर्न लगाए, मलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टेकलाल घिसिङले साथ दिनुभयो, उहाँले खेलकुदमा राजनीति गर्नु हुँदैन भनेर भनेपछि मैले चान्स पाएको हो ।’

जातले गर्दा ‘डोमिनेट’

कहिलेकाँही आफू राजवंशी भएकै कारण पनि अवसरबाट बन्चित भएको अनुभव उनी सुनाउछन् ।
आफू भन्दा जुनियर उनीसँगैका साथीभाईलाई सहज तरिकाले परिचित गराउदा आफू गोल्ड मेडलिस्ट हुँदा पनि परिचित गराउन आनाकानी गर्ने जस्ता भोगाई उनीसँग थुप्रै छ ।
आफ्नै साथी सर्कलले दिएको अपमान र उनीहरुले गरेको व्यवहारलाई शक्तिको रुपमा लिएको बताउने उनी आफूलाई एकदिन खेल क्षेत्रले चिन्ने बताउछन् । ‘कहिलेकाहीँ म राजवंशी भएको कारणले पनि होपिएको छु, न म पहाडको भए, म मधेसको आदीवासी भन्छन् त्यो खाल्को व्यवहार मैले भोगेको छु,’उनी सुनाउछन्,‘प्रत्यक्ष भन्दैनन् तर अप्रत्यक्षरुपमा यो राजवंशीले खेलको अथवा खेलाएको के गर्नु खाल्को अभिव्यक्ति दिने गरेका छन् ।’

अवसर पाए सफल हुन्छु
घरपरिवारको डाक्टर या इन्जिनियर बनेको हेर्ने सपना छ । तर, उनको चाहाना देशलाई खेलको माध्यमबाट चिनाउने छ । यो क्षेत्रमा भने जस्ता पारिश्रमिक त हुँदैन तर भने जस्ता नाम हुने हुँदा पनि चुनौतीको पहाड छिचोल्दै सफलताको गन्तव्य पछ्याइरहेको उनी सुनाउछन् । अवसर पाए र साथ पाए आफ्नो देशलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य अझै नमरेको उनी बताउछन् । ‘यहाँ सबै नाता, आफ्नो भनिदिने सुनिदिने चाहिने रहेछ मेरो त्यो खोलको पाहँुच छैन मेहेनत छ गर्छु भन्ने इच्छाशक्ति छ,’उनले भने,‘अवसर पाए अझै पनि मेरो देशलाई उस्सुको माध्यमबाट अन्तराष्ट्रि स्तरसम्म चिनाउने चाहाना जिवित नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्