मञ्च र क्लबले वितरण गरे मेटरनिटी किट

<span class='c1'>मञ्च र क्लबले वितरण</span> <span class='c2'>गरे मेटरनिटी किट</span>

विराटनगर । माहेश्वरी महिलामञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले कोशी अञ्चल अस्पतालमा संयुक्त रूपमा मेटरनिटी किट वितरण गरेका छन् । मञ्च र क्लबले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा २१ सुत्केरीलाई यस्तो किट वितरण गरेका हुन् ।

मञ्चले ५० सुत्केरीका लागि किट तयार गरिएको र पहिलो चरणमा २१ जनालाई वितरण गरेको जनाएको छ । किटमा सुत्केरीका लागि गाउन, प्रोटिनरिच खाद्यान्न, नवजात शिशुका लागि झुल, कम्बल, भोटो सेट र साबुन राखिएको थियो ।

मञ्चका अध्यक्ष ललिता जाजूले समाजमा आवश्यक परेकालाई मञ्चले बारम्बार नियमित रूपमा सेवासुविधा उपलब्ध गराउँदै आएको बताइन् । क्लबका अध्यक्ष विवेक अग्रवालले मानवसेवा नै सबैभन्दा ठुलो पुण्य र धर्मको कार्य भएको चर्चा गर्दै क्लब सधैँ यही अवधारणामा क्रियाशील रहेको उल्लेख गरे ।

कोशी अञ्चल अस्पतालका स्त्री तथा प्रसूति रोगविशेषज्ञ अञ्जु देवले कमजोर अवस्थाका सुत्केरी र नवजात शिशुलाई समाजका सबैले निस्वार्थ सहयोग गर्नु कर्तव्य र दायित्व भएको विचार व्यक्त गरिन् । डा. देवले माहेश्वरी महिला मञ्चले कोशी अस्पतालका बिरामीलाई निरन्तर सहयोग गरिरहेको स्मरण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्