प्रदेश सरकार छोड्ने नछाड्ने विषयमा माओवादीले प्रदेशको नेताहरुसंग छलफल गरेर निर्णय गर्ने: नेता उप्रेती

<span class='c1'>प्रदेश सरकार छोड्ने नछाड्ने विषयमा माओवादीले प्रदेशको</span> <span class='c2'>नेताहरुसंग छलफल गरेर निर्णय गर्ने: नेता उप्रेती</span>

विराटनगर । काेशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलकाे बैठकले निर्णयमापुग्न सकेन ।

प्रदेशसभा सचिवालयमा आज बसेकाे बैठकमा सरकारकाे समर्थनबारे निर्णय लिने तयारी थियो । तर,माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएकाे जानकारी अनुसार दलकाे बैठकले मंगलबार प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णय गर्ने भएकाे छ । यद्यपि माओवादीले दलका नेता इन्द्रबहादुर आङ्बाेकाे नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल समिति गठन गरेकाे छ । उक्त समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग छलफल गर्नेछ ।

यसअघि जसपा सरकारबाट फिर्ता भई सकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाकाे गरि ५९ सांसदकाे समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीकाे १२ र जसपाकाे १ सांसदले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतका पर्नेछ ।

माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा भाैतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाई र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी छन् । उनीहरू गत माघ ६ गते मन्त्री पदमा नियुक्त भएका हुन् ।
उता नेपाली काङ्ग्रेस काेशी प्रदेश संसदीय दलकाे गत जेठ ४ गते बसेकाे बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपाले काेशी प्रदेश सरकारबाट फिर्ता आउन आग्रह गरेकाे थियाे ।

यसैबीच माओवादी मन्त्रीद्वय चापागाई र आचार्यले आजै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका थिए । दलले तत्काल कुनै निर्णय नलिएपछि उनीहरूले मुख्यमन्त्री कार्कीलाई बुझाउन लागेकाे राजीनामा पत्र गाेजीमै थन्किएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्