सुरक्षित वातावरणमा विराटनगरका विद्यालयको पठनपाठन सञ्चालन गर्न आग्रह

सुरक्षित वातावरणमा विराटनगरका विद्यालयको पठनपाठन सञ्चालन गर्न आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले गर्मीबाट विद्यार्थीलाई सुरक्षित राख्नसहज वातावरण निर्माण गरेर विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउन आग्रह गरेको छ । अत्याधिक गर्मीका कारण जेठ १८ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालनमा ल्याउन विभिन्न मापदण्ड तोकिएको हो ।

विद्यार्थीलाई असहज भएमा विभिन्न विदाबाट कट्टा हुने गरि विद्यालय बन्द राख्न वा यदि सञ्चालनमा ल्याउने भए बिहानी कक्षा सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।

यसैगरी कक्षा कोठा भित्रै प्रार्थना गराउन, शुद्ध पीउने पानीको प्रशस्त व्यवस्थापन मिलाउन, प्राथमिक उपचार कक्षा र सामाग्रीको व्यवस्थापन मिलाउन, पंखाको व्यवस्थापन मिलाउन, दिवा खाजा खाने वातावरण कक्षा कोठामा मिलाउन, खेलकुद गतिविधि नगराउन र गर्मीबाट जोगिने उपायका बारेमा विद्यार्थीलाई जानकारी दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्