कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

<span class='c1'>कोशी प्रदेश सरकारलाई दिएको समर्थन</span> <span class='c2'>फिर्ता लिने माओवादीको निर्णय</span>

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवो सहित बसेको बैठकले कोशी प्रदेश सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह—इन्चार्ज सावित्री कुमार काफ्लेले जानकारी दिए ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाई भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्