अत्याधिक गर्मीमा बिद्युत भने झ्याप्प–झ्याप्प

अत्याधिक गर्मीमा बिद्युत भने झ्याप्प–झ्याप्प

विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या देखिएको छ । गर्मीमा खपत बढेपछि लोड थेग्न नसकेर बेलाबेला बिद्युत आपूर्तिमा समस्या देखिने गरेको हो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको भएपनि दुहबी ग्रिडले प्रसारण लाइनमा माग अनुसारको सप्लाई दिन नसकेको जनाएका छन् । माग बढेपछि प्रसारण लाइनमा समेत बारम्बार समस्या देखिने गरेको छ ।

तारले लोड थेग्न नसक्दा बारम्बार आगलागीका घटना हुने गरेको छ । प्राधिकरणले क्विक रेस्पोन्स गरेर मर्मत गर्दा समेत कहिले कता कहिले कता अवरोध हुने गरेको प्राधिकरणको दावी छ ।

घरमा वा कार्यालयमा समेत अधिक प्रयोग बढेपछि लोड थेग्न नसक्ने स्थितिमा ट्रान्सफर्मर, जम्फर, तार जल्ने गरेको छ । साँझपख अझै धेरै खपत हुने गरेका कारण छिनछिनमा आउने र जाने भईरहने गरेको छ ।

खपत बढेपछि प्रसारण लाइनको तारले थेग्ने भन्दा बढी बिद्युत सप्लाई हुने भएकोले यस्तो स्थिति आएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्