कोशी प्रदेशमा काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय

कोशी प्रदेशमा काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशका उपनेता हिमाल कार्कीले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताएका छन् ।

आज बसेको काँग्रेस संसदीय दलकाे बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कार्कीले बैठकपछि प्रतिक्रिया दिँदै बताएका हुन् ।

" नेपाली काँग्रेसले काेशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेकाे छ । "उनले भने" प्रदेश संसदीय दलकाे बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेकाे छ ।"

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थ फिर्ता लिएर सरकारबाट बाहिरिने अवस्था सिर्जना भएको बताउदै नयाँ सरकारको निमित्त गठबन्धनमा आवद्ध दलहरुसंग छलफल गरेर सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए।

उनले केन्द्रले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्