विराटनगरको क्युरा हेल्थ र नागरिक एपलाई अन्तर्राष्ट्रिय अवार्ड

<span class='c1'>विराटनगरको क्युरा हेल्थ र</span> <span class='c2'>नागरिक एपलाई अन्तर्राष्ट्रिय अवार्ड</span>

विराटनगर । विराटनगरको क्युरा हेल्थ र नागरिक एपले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ ।

नेपालका २ प्रडक्ट क्युरा हेल्थ र नागरिक एपले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ हात पार्न सफल भएका हो ।

मेक्सिमा एक कार्यक्रम आयोजना गरि उक्त अवार्ड गरिएको थियो ।

नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप र हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थले डब्लुएसए अवार्ड जितेका हुन् ।
नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको लागि शर्टलिष्ट भएका थिए । जसमध्ये क्युरा हेल्थ र नागरिक एपले अवार्ड जितेका हुन्।

क्युरा हेल्थ विराटनगरका ५ जना युवाहरु मिलेर बनाएको एप हो। विराटनगरबाट सुरु भएको भएपनि यो एप्लिकेशन मार्फत देशको जुसुकै स्थानबाट पनि सेवा लिन सकिन्छ । क्युरा हेल्थको अनुसार चिकित्सक आफैले रोजेको समयमा उहाँहरुको समय उपलब्धता देखाउने र सोहि अनुसार मोबाईल एप्लिकेशनबाटै डाक्टरको समय लिन सक्ने र सोहि समयमा चिकित्सक सँग परामर्श लिन सकिन्छ ।

नागरिक एप सबै सरकारी सेवाहरू मोबाइल एपबाटै दिने उद्देश्यले तयार पारिएको हो भने क्युआर हेल्थ स्वास्थ्य क्षेत्रलाई डिजिटाइज गर्न तयार पारिएको एप हो ।

आइसिटीसँग सम्बन्धित स्थानीय डिजिटल इन्नोभेसन प्रवर्द्धन गर्न गैरनाफामूलक संस्था इन्टरनेशनल सेन्टर फर न्यू मिडियाले सन् २००३ मा सुरू भएको डब्लुएसएमा अहिलेसम्म आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्