विराटनगरको ट्राफिक चौकमा नि:शुल्क खानेपानी वितरण डेस्क

<span class='c1'>विराटनगरको ट्राफिक चौकमा नि:शुल्क</span> <span class='c2'>खानेपानी वितरण डेस्क</span>

विराटनगर । विराटनगरको ट्राफिकचोकमा नि:शुल्क खानेपानी वितरण डेस्क राखिएको छ ।

बढ्दो गर्मीको चपेटाका कारण समस्या झेलिरहेका बटुवा,ट्राफिक प्रहरी र सर्वसाधारणलाई लक्षित गरेर नि:शुल्क खानेपानी डेस्क राखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गर्दै विराटनगर ४ को सान्स वेभरेज प्रालिले खानेपानी वितरण डेस्क राखेको हो । ट्राफिक कार्यालय सामुन्नेको सडक किनारमा राखिएको डेस्कको जिल्ला ट्राफिकका बरिष्ठ सई यज्ञराज शर्माले उद्घाटन गरे ।

बढ्दो तापक्रमसंगै सर्वसाधारणको जनजिवन असहज हुँदै गएपछि बिशेषगरि विपन्न समुदायका बटुवालाई लक्षितगरि खानेपानी डेस्क राखिएको सान्स वेभरेजका संचालक गोबिन्द मास्केले जानकारी दिए । हुनेखानेले पैसा तिरेर पानी किन्न सक्ने भएपनि मारमा परिरहेका विपन्न समुदायको अवस्थालाई ध्यानमा राखेर उद्योगको सामाजिक उत्तरदायित्व अन्र्तगत डेस्क राखिएको समेत उनले बताए । जिल्ला ट्राफिकका बरिष्ठ सई शर्माले नि:शुल्क खानेपानी डेस्क राखिएपछि तातो घाममा खटिने ट्राफिक प्रहरी सहित सर्वसाधारण लाभान्वित हुने विश्वास ब्यक्त गरे ।

मौसममा परिवर्तन नआएसम्म खानेपानी डेस्कलाई निरन्तरता दिईने उद्योगका अर्का संचालक विवेक श्रेष्ठले जानकारी दिए । सान्स वेभरेजले काबेली ब्राण्डको प्रशोधित खानेपानी उत्पादन गर्दै आएको छ । कार्यक्रममा उद्योगका संचालकहरु अंकित खड्गी,अमित खत्री सहित ट्राफिक प्रहरी,संचारकर्मी र सर्वसाधारणको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्