विराटनगरसहित तराईका जिल्लामा तातो हावाको संभावना : कस्ता असर, कसरी बस्ने सुरक्षित

विराटनगरसहित तराईका जिल्लामा तातो हावाको संभावना : कस्ता असर, कसरी बस्ने सुरक्षित

विराटनगर । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भू–भागमा अझै पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । हाल तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ, महाशाखाले भनेको छ ।

स्वास्थ्य मन्त्रालयले तातो हावाबाट सुरक्षित रहनका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । तातो हावा तथा लु लाग्दाका असरहरु बारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार हृदयको गति तिव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अध्याधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुख्खा, रातो र तातो हुने असर लुका कारण देखिने गरेको छ ।

यसबाट सुरक्षित हुनका लागि दिउँसो घरबाट बाहिर ननिस्कने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, मदिरा सेवन नगर्ने, चिनीको मात्रा बढी भएको झेल पदार्थ नपिउने, फलफूलको रस र पानी पीउने, धेरै पसिना आएमा कहिलेकाँही जीवनजल पीउने, खेतीबारीको काम बिहान वा बेलुकापख मात्रै गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्