कोशी प्रदेशका उपसभामुख दनुवार र एमाले उपनेता राना माथि पहिचानपक्षधरद्धारा दुर्व्यवहार

कोशी प्रदेशका उपसभामुख दनुवार र एमाले उपनेता राना माथि पहिचानपक्षधरद्धारा दुर्व्यवहार

विराटनगर । कोशी प्रदेश एमालेका उपनेता राम राना मगरलाई पहिचानपक्षधरले कालोमसो दलेका छन् ।

प्रदेश १ पुन:नामाकरण संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले मगरलाई कालो मसो दलेका पुष्टि गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज ०८० जेठ २४ गते इ.न.पा–११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई करीब सवा सोयाकबासी जनताले सवा ११ बजेको समयमा अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पुरै कालो मोसो मबिलले स्वागत गरि पठाइएको र उहाँ सवार सेतो गाडी पनि कालो मबिलले रंगाएर सजाइ पठाइएको खबर छ ।’

यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई समेत पहिचान पक्षधरले दुर्व्यवहार गरेका छन् । उनी सवार गाडी छेकेर आक्रमण प्रयास गरिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर सडक आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनले उग्र रुप लिन थालेपछि कोशी प्रदेश सरकारले बुधबार पहिचान पक्षधरको आन्दोलनको माग सुनवाइ गर्नका निमित्त खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङवोको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ । तर पहिचानपक्षधरले भने कोशी विद्येयक खारेज गर्नुपर्ने र अल्पमतको सरकरासँग वार्ता नगर्ने अडान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्