महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम  सुरु

विराटनगर । दुई दिवसीय महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

कोशी प्रदेश समाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) देखि दुई दिवसीय महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले गरेका थिए । तालिमको प्रमुख प्रशिक्षक हरिबहादुर थापा छन् । उद्घाटनको पहिलो दिन सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल र पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमको प्रस्तुति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्