कोशी प्रदेशका उपसभामुख भन्छन् : आफ्नै घर जाँदा असुरक्षित भए

कोशी प्रदेशका  उपसभामुख भन्छन् : आफ्नै घर जाँदा असुरक्षित भए

विराटनगर । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले आफ्नै घर जाँदा असुरक्षित भएको बताएकी छिन् ।

कोशी प्रदेश समाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले यस्तो बताएकी हुन् ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर कोशी प्रदेश खारेजीको माग राख्दै सडक आन्दोलनमा छन् । आन्दोलनरत पक्षले विहिवार उदयपुरको गाइघाटमा उपसभामुख दनुवारलाई दुव्र्यवहार गरेको थियो । सर्पदंश उपचार केन्द्रलाई सहयोगका लागि सम्बन्धित मन्त्रीसँग उदयपुर पुग्ने क्रममा आफूमाथि पहिचानपक्षधरले दुव्र्यवहार गरको बताउदै सभामुख दनुवारले भेन्टिलेटर हस्तान्तरण गरिसकेपछि आफ्नो घर जाँदा आफू माथि आक्रमण भएको बताइन् ।
आफू सवार गाडीको चालकले जीवन बचाएको जानकारी दिँदै उनले भनिन्,‘मेरो जीवन बचाउने म सवार गाडीको चालकलाई धन्यवाद दिन चहान्छु,गाडी भाग्न सफल नहुँदो हो त क्षति हुन्थ्यो ।’ पहिचानवादीको नाममा अराजक भएको बताउदै उनले दुव्र्यवहार भएको र गाडीमा रहेको झण्डा भाँचेर हिँडेको बताइन् । उनले आफू सुरक्षित भएर भाग्न सफल भएको बताउदै आफ्नो माग राख्दै गर्दा अर्काको अधिकार हनन गर्नु नहुने समेत बताइन् ।
जनताको प्रतिनिधि जनता माझ जान नसक्दा जनतालाइ पु¥याउन सक्ने कुराहरुबाट जनता नै बन्चित भएको उनले बताइन् । उनले भनिन्,’यसले जनतालाई अन्याय गरेको छ ।’
कोशी प्रदेशसरकारले वार्ताको टोली गठन गरिएको बताउदै उनले वार्तामा आउने आव्हान समेत गरेकीछिन् ।
‘प्रदेश सरकारले वार्ताको टोली गठन गरिएकोछ, वार्तामा आउन आव्हान गर्दछु,’ उनले भनिन्,’आफ्नै घर जाँदा असुरक्षित भएको छ ’ उनले आन्दोलनकारीलाई संवेदनशील हुन समेत अनुरोध गरेकी छिन् । उनले अर्को प्रशंगमा महिला सबै क्षेत्रमा अब्बल हुनुपर्नेमा समेत जोड दिएकी छिन् । महिलाहरु प्रमुखमा आउन सबै सक्षम र अब्बल हुनु जरुरी रहेको बताउदै उनले महिला सबै क्षेत्रमा अब्बल हुनुपर्नेमा जोड दिइन् ।
यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे पत्रकारिता पेसा जोखिमको पेसा रहेको ताए । उनले यो जे पेसालाई इमान्दारिताका साथ गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्