विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा तनावग्रस्त

<span class='c1'>विराटनगरको महेन्द्र मोरङ</span> <span class='c2'>क्याम्पसमा तनावग्रस्त</span>

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा अहिले तनाग्रस्तको स्थिती सिर्जना भएको छ ।

प्रमुख बाबुराम तिम्सिना सहित ६ जना थुनिएपछि अहिले त्यहाँको माहोल तनावग्रस्त बनेको हाम्रा सहकर्मीले बताएका छन् ।
आज दिउसो क्याम्पस प्रमुख सहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शिवनारायण चौधरी, समान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरे, आ–आफ्नै कार्यकक्षमा थुनिएका छन् ।

स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनको दादागिरी रवैयाविरुद्ध उनीहरुलाई क्याम्पसमै थुनिएको जनाएको छ ।

स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सभापति जसवन्त पौडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनलाई वेवास्था गरेर क्याम्पस प्रशासनले आफु खुशी मनपरी तन्त्र चलाएकोले त्यसको विरुद्ध उनीहरुलाई थुनिएको बताए ।

सभापति पौडेलले सम्पन्न भईसकेको स्वतन्त्र विद्यार्थी यूनियनको हिसाब किताब क्याम्पस प्रशासनले सार्वजनिक गर्न आलटाल गरिरहेको, क्याम्पस प्रशासनले आयव्यय विवरण सार्वजनिक गर्न नचाहेको र विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएको कारण उनीहरुलाई थुनिएको बताए । अहिले क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीहरु विच झडपको स्थिती भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2