विराटनगरको अरनिको कलेजमा नेतृत्व विकास बुटक्याम्प

विराटनगरको अरनिको कलेजमा नेतृत्व विकास बुटक्याम्प

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेजले दुई दिने नेतृत्व विकास कार्यशाला आयोजना गरेको छ ।

कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकाश तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो ।

एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर तालिमका आयोजना गरिएको कलेजले जनाएको छ । आइतबारसम्म चल्ने तालिममा १ हजार भन्दा बढी विद्यार्थी सहभागि हुने अपेक्षा कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए ।

यस्ता किसिमको तालिमले विद्यार्थीमा नयाँ तरिकाले सहजरुपमा नेर्तत्व तथा सानो लगानीमा घरमै बसेर गनै व्यवसाय शुरुवात गर्न सहज हुने प्रिन्सिपल कार्कीले बताए । तालिमबाट विद्यार्थीले नयाँ प्रविद्धिको बारैमा समृत जानकारी लिने उनले बताए । नयाँ सेसनदेखि विराटनगरमा पहिलो पटक नयाँ प्रविद्धिबाट कलेजमा अध्यापन गराउँने कलेजमा प्रिन्सिपल कार्कीले जानकारी गराए ।

तालिमको आइएनजि स्किल एकेडेमी, माई सेकेण्ड टिचरका २५ जना विज्ञहरुले सहजिकरण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्