यो शासकले लगाएको द्वन्द हो : वीर नेम्वाङ

यो शासकले लगाएको द्वन्द हो : वीर नेम्वाङ

विराटनगर । एक समय अरुण पूर्वको भूमिलाई लिम्बूवान राज्य माग राख्दै आन्दोलनलाई काँधमा बोकेर हिँडेका बीर नेम्वाङ पञ्चायतकालमा जातीय राजनीति विखण्डन पृथकतावादी गर्न खोजिएको अरोपमा ‘मस्ट वाण्डेट’ भूमिगत नेता थिए । जुन समय बहुदलीय प्रजातन्त्रका लागि काँग्रेस र कम्युनिष्ट आन्दोलनरत हुँदा उनी ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्त राज्यको माग गर्दै भूमिगत राजनीति गरिरहेका थिए । पछिल्लो समय प्रदेशको नामको विषयमा उठेको पहिचानसहितको नामकरण होस् या भनौँ पहिचाको राजनीतिसँग झण्डै उनी चार दशकदेखि जोडिएका छन् । उनलाई जानकारहरुले पहिचानको राजनीतिमा नेम्वाङलाई जिउँदो इतिहास पनि भन्ने गर्दछन् । तर, पछिल्लो समय फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर कोशी नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिरहँदा उनी भने मौन जस्तै देखिएका छन् । आन्दोलनले दिनदिनै विकराल रुप लिने क्रम बढ्दै गर्दा उनले भने यो आन्दोलनलाई समर्थन जनाएको हुन या विमति ?यो आन्दोलनले अवतरण कसरी पाउला ? भन्ने विषयमा रहेर संघीय लिम्बूवान पार्टी नेपालका सर्वमान्य नेता वीर नेम्वाङसँग आवर विराटनगरकर्मी सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी :

पछिल्लो समय कोशी प्रदेश नाम खारेजीको माग राख्दै भएको आन्दोलनलाई कसरी लिनुभएको छ ?

यो एकदमै जटिल विकराल रुप लिँदै गएको छ । आन्दोलनरत समूह पनि पछि हट्ने पक्षमा देखिदैनन्, उता राज्यपक्ष पनि यो विषयमा गम्भिरताका साथ लचकता अपनाएको देखिदैन । यसले गर्दा अब अवतरण कस्तो र कसरी हुने भन्ने हो।

तपाई आन्दोलन अवधिभर मौन हुनुुहुन्छ समर्थन हो या विमति ?

मैले त कोशी प्रदेशको विरोध गरेको छु । मैले त भनिरहेको छु यो संविधान पुर्नलेखन त हुने सक्दैन तर संसोधन गरेर पृथ्वी नारायण शाह र लिम्बूवानबीच भएको सम्झौता मुताविक अरुण , संखुवा खोला र सप्तकोशी पूर्वको भू-भागलाई लिम्बूवान प्रदेश बनाउनुपर्छ र अरुण पश्चिमको भू-भागलाई किराँत प्रदेश या खम्बुवान दिनुपर्छ भन्ने हो । नत्र गाह्रो हुन्छ यो शासकले लगाएको द्धन्द्ध हो ।

यो सम्भव छ त ?

मैले सबैभन्दा पहिले पञ्चायतकालमा लिम्बूवानको माग थालेको हो । जुन समय पृथ्वीनारायण शाह र लिम्बूवान बीच सन्धि भयो त्यो समय लिम्बूवान स्वत्तता क्षेत्र थियो । पञ्चायतकालमा विकासको नाम झुक्याएर अपहरण भएको हो । १९२ वर्ष भयो त्यसको पुर्नस्थापना गर्ने भनेर गरेको हो त्यो समय सबैजात भाषा धर्म र संस्कृतिलाई समेटिएको थियो । अहिले आधुनिक शासन प्राणलीमा लिम्बूवान स्वत्तता क्षेत्र हुनुपर्छ भनेर माग गरेको हो । यसमा मैले दार्जिलिङमा बसेर सम्पूर्ण दस्तावेज राखेर संखुवाखोला, अरुण नदी र सप्तकोशी पूर्व लिम्बूवान हुनुपर्छ भनेर यो जंगबाहादुरले मुलुकी ऐन निकाल्दाको हो । त्यो भन्दा अगाडी ऐन नेपालमा बनेकौ थिएन । जति पनि शासन, प्रशासन चलाउदा ताम्रापत्र, लालमोहर र रुक्का त्यसको आधारमा शासन प्रशासन चल्थ्यो । नेपालमा मुलकी ऐन जारी भएपछि त्यो मुलुकी ऐन लिम्बुवानमा लागु भएन , लिम्बूवानमा ताम्रापत्र, लालमोहर लगायत यस्तैमा शासन प्रशासन चल्यो ।

लिम्बूवान क्षेत्रिय सत्ताको माग कानुनी हो । त्यो समयको ताम्रापत्र,लालमोहोर कानुनी दस्तावेज हुन । त्यसले गर्दा सबैको सहमति अनुसार देशविदेशमा पनि लिम्बुवान कानुनी आधारमा हो भन्ने पुगेको छ । अन्तराष्ट्रिय मिडियाले पनि हाइलाइट गरेको छ । यो विषयमा तर अरुण पश्चिमको कुरा पनि आयो गोपाल राई त्यो समय जनमुक्ति पार्टीमा थियो गोरोबहादुर खपाङगी पनि म त्यो समय दार्जिङमा थिए । मलाई राज्यले आमा माफि नदिएकाले त्यहीँ थिए । गारेरबहादुर खपाङगीले पत्र लेखेका थिए, त्यो समय चुच्चे नाक, थेप्चे नाक भनेर थियो तर म सबैलाई समेट्नुपर्छ भन्नेमा थिए ।
हिन्दु विरोधीले हुँदैन भनेको थिए उनीहरुलाई इतिहास पढेर आफ्नो भाषा, संस्कार संस्कृति पढेर सभ्यता खोज्नु भनेको थिए । र जगेणा गर्नुपर्छ भनेर सम्झाएको थिए ।
राई भनेको पद मत्रै हो यो टाइटल हो जात भनेको खम्बु हो भनेर गोपाल राईबाट खम्बु बन्यो । जब माओवादीले जातिय राज्य दिन थाल्यो त्यसपछि उनले खम्बु छोडेर किँराती भए ।
खम्बुवान छोडेर किँरात माग्न थाल्यो । तर मानव शास्त्री र समाजशास्त्रीहरुको अध्ययन अनुसार लिम्बूहरु किँरात होइन भन्नु थालेको छ । किराँती भनेर नाम दिएको पूर्वी नेपालाई राजेन्द्र विक्रम शाहको पालोमा हो । माझ किराँत (खम्बुवान ) पल्लो किँरात र वल्लो किराँत भनेर तीन जिल्ला बनाएको हो । लिम्बूवान भनेको कानुनी दस्तावेजको आधारमा लिम्बूवान मागेको हो त्यसैले यो सम्भव छ ।

त्यसो त तपाईले लिम्बूवान राज्य माग्दै गर्दा यहाँ लिम्बूवान-किराँत प्रदेशको नाम हुनुपर्ने माग छ नि त ?

नवौँ राष्ट्रिय जनगणना २०४८ सालको जनगणनादेखि राई लिम्बूले धर्म किराँत भनेर लेखिएको छ । यसले गर्दा किराँत भनेको धर्म भनेर बुझेको छ । एकातिर राप्रपाले धर्मको नाममा हिन्दु राष्ट्र माग्दै छ, अर्को तिर किराँत याक्थुङ चुम्लुङ र आत्मनन्द लिङदेनले सभ्यता किराँत प्रदेश माग्दैछन् । किराँत सभ्यता होइन धर्म हो । कहाँ लेखिएको छ किराँत सभ्यता ? काठमाडौँमा किराँतहरुले २९ वर्ष शासन गरेको भनेर लेखिएको छ विदेशीहरुले गोपाल राजवंशावलीमा ३२ पुस्ता शासन गरेको भन्छ किराँत माग्नु त काठमाडौँमा माग्नुपर्ने हो इतिहास अनुसार जब एक नम्बर प्रदेश बनायो नि यो राई र लिम्बूबीच झगडा लगाउने बनायो भनेर मैले पहिले भनेको हो । खम्बुवानको ५ जिल्ला र लिम्बूवानको ९ जिल्ला गाभेर प्रदेश बनाएपछि राई र लिम्बूको झगडा बनायो भनेर मैले पहिले नै भनेको हो ।

यो एक नम्बर खारेज गर्नुपर्छ, अरुण पश्चिम ५ जिल्ला खारेज गेरेर अर्को राज्य बनाउनुपर्छ र पूर्व अर्को राज्य बनाउनुपर्छ भनेर मैले भनको हो । राई लिम्बू आपसमा लडाई गरोस् र त्यस माथि हामी मज्जाले शासन गर्नुपर्छ भनेर यो एक नम्बर प्रदेश ल्याएको हो । त्यसो त नामाकरण गरेर पनि काम छैन । प्रदेशले संघीय शासन प्रणालीबाट पाउने अधिकार पाएकै छैन । कुनै अधिकार सोवा सुविधा संघले दिएको छैन। यो सक्कली संघीयता नै होइन यो नक्कली हो ।अधिकार बिहिन प्रदेशले नामाकरण गरेर यहाँको जनताले के पाउने ? प्रदेश पाएपछि जनताको अधिकारको ग्यारेन्टि त हुनुपर्छ होला नि होइन ? अहिलेको ७ प्रदेश नै असफल भएको छ काम दिँदैन । पाँच विकास क्षेत्रलाई ७ प्रदेशमा परिणत गरेको हो । अधिकार बिनाको प्रदेशको के काम भनेर मैले प्रदेश खारेजीको माग गरेको हो ।

अब सबैको बिमतिबीच आन्दोलन कसरी अवतरण होला त ?

एक नम्बर प्रदेश स्विकार नगरेपछि नाम स्विकार्ने कुरा पनि आएन । आन्दोलनकारीहरु अगाडी बढीरहेको छ उता राज्यले सम्बोधन गर्नु पनि हिचकिचाएको छ । यसले बिकराल समस्या होला जस्तो छ त्यसैले आन्दोलनपक्षका विषयमा सरकार पक्ष लचिलो हुनपर्छ यसलाई अवतरण गराउनु नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्