साउदीमा काम गर्न जान अब एसईई पास अनिवार्य

<span class='c1'>साउदीमा काम गर्न जान</span> <span class='c2'>अब एसईई पास अनिवार्य</span>

साउदी सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभाग र साउदी दूतावासबाट एसईई उत्तीर्ण प्रमाणपत्र प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था गरेको हो ।

साउदी सरकारका अनुसार शैक्षिक प्रमाणपत्रअन्तर्गत एसइई वा एसएलसीभन्दा तलको प्रमाणीकरण हुनेछैन । त्यसैले अब सोसरह पढेका व्यक्तिहरुमात्रै साउदीमा रोजगारीमा जान पाउनेछन् ।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सीप सिकेका वा काम जानेका कामदारको शैक्षिक योग्यता तोक्न नहुने बताए ।

उनले भने, ‘नेपाली कामदारले सीप सिकेका छन् र उनीहरु साउदीमा काम गर्न जान्छन् भने शैक्षिक योग्यता तोक्न हुँदैन । साउदीले शैक्षिक योग्यता नै तोकेर कामदार लैजाने हो भने हामी कुनै किसिमको पनि कामदार साउदीलाई पठाउँदैनौं ।’

साउदीको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्ने व्यवस्थाले श्रमिक पठाउन नसक्ने अवस्थाा सिर्जना हुने उनको भनाइ छ
। ‘मजदुरीका लागि जाने श्रमिकको शैक्षिक योग्यता तोकिनु गलत अभ्यास हो’, अध्यक्ष भण्डारीले भने, ‘साउदी जाने भनेको धेरै क्लिनर, निर्माण र सुरक्षा गार्डलगायत काममा हो । मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन ।’

तर, साउदीले किन शैक्षिक योग्यता भनेको हो थाहा नभएको उनले बताए । साउदीले अन्य मुलुकमा पनि यस्तो व्यवस्था लागू गर्न प्रस्ताव गरेको थियो । तर, अन्य देशले अस्वीकार गरिसकेको र नेपालले पनि यसको समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष भण्डारी बताउँछन् ।

साउदीमा धेरै नेपालीहरुले काम गरिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षमात्रै करिब २ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गर्न साउदी गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्