ब्यूटी पार्लर सम्बन्धि एक महिने एड्भान्स कोर्ष सम्पन्न

<span class='c1'>ब्यूटी पार्लर सम्बन्धि एक</span> <span class='c2'>महिने एड्भान्स कोर्ष सम्पन्न</span>

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूटी पार्लर तालिम (एड्भान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्यूटी केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूटी पार्लर तालिम सोमबार सम्पन्न भएको हो ।

तालिममा विराटनगरका एक दर्जन महिलाहरूको सहभागिता रहेको थियो । तालिमको सहजिकरण मिनाज ब्युटि केयर एण्ड पार्लरकी संचालिका तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङले गरेकी थिइन् । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका ५ का वडाअध्यक्ष सन्तोष न्यौपानेले यस्ता सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । आगमी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएर अगाडी बढने उनले बताए ।

सहभागीहरुले यस्ता तालिमले महिलाहरू सीप आर्जन गरि आत्मनिर्भर बनाएर स्थानिय स्तरमा दक्ष जनशक्ती तयार हुने बताए । उनीहरुले सिकेको सिप व्यवहारमा उतारेर अगाडी बढ्ने बताए । कार्यक्रममा विराटनगर महागनरपालिकाकी सामाजिक विकास शाखाकी प्रमुख अनिता न्यौपानेले १९ वटै वडा भित्र रहेका बेरोजगारी महिलाहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने योजना रहेको बताईन् । अहिले हरेक वडामा महानगरले सिपमुलक तालिमहरु आयोजना गर्दै आएको समेत जानकारी कोईरालाले जानकारी दिईन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशकी सचिब कला डाँगी, विराटनगरकी निर्वतमान अध्यक्ष अमिता पोखरेल लगायतको सहभागिता रहेको थियो । एक महिनासम्म एडभान्स कोर्ष गरेका प्रशिक्षार्थीहरुलाई मिनाज ब्युटि केयर एण्ड पार्लरले प्रमाणपत्र समेत प्रदान गरी विदाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्