विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा वाहेक अरु जो सुकै भए पनि जानसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
पार्टी सभापतिले प्रधानमन्त्री तथा सभापति दुवै पद हस्तान्तरण गर्न आग्रह गर्दै उनले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने बताए ।
सभापतिले आफ्नो र पार्टी हितका लागि दुवै पद छोड्नु पर्ने उनले बताए । ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । उनले भने,‘ पार्टी हितका लागि हो। ’
नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको बताउदै उनले यी कुरा लागू गर्न आफू पनि लागि रहेको बताउदै उले भने,‘अझै लाग्छु , परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन ।’