विपक्षी दलका नेताहरु भन्छन् : नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैन

<span class='c1'>विपक्षी दलका नेताहरु भन्छन् :</span> <span class='c2'>नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैन</span>

विराटनगर । कोशी प्रदेश सरकार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नरहेको विपक्षी दलको भनाई छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भएकोले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको विपक्षी ठबन्धन दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले प्रतिक्रिया दिएका हुन् । अल्पमतमा परेको सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम कार्यान्वयन नै नहुने अवस्था रहेको कारण यसको टिप्पणी आवश्यक नभएको उनीहरुको भनाई थियो ।

माओवादी केन्द्र

संविधानलाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउछन् ।
कोशी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेको आङ्बोले संविधानको धारा १८४ लाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको जिकिर गरे ।
यसखालको नीति तथा कार्यक्रमले प्रदेशबासीको अपेक्षा पनि पुरा गर्न नसक्ने बताउदै उनले कार्यान्वयनमा नजाने नीति तथा कार्यक्रमले नयाँ या पुरानो के ल्यायो भनेर हेर्नुपर्ने कुनै अवस्था नरहेको प्रतिक्रिया दिए ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने दाबी गरे । नीति तथा कार्यक्रम निबन्ध जस्तो रहेको प्रतिक्रिया दिँदै उनले सबै १५ दिनमै प्रदेश आमूल परिवर्तन होला जस्तो ल्याएको बताए ।
जेटको अवस्था एकातिर रहेको बताउदै उनले भने,‘ अर्कोतिर यो सरकार अल्पमतमा छ । सायद भरे १२ बजेसम्ममा प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुहोला ।’ १५ दिनका लागि नीति तथा कार्यक्रम नल्याएको भए हुने बताउदै उनले भने,‘ यसमा खास नौलो कुरा केही छैन । उहाँहरुको घोषणापत्र जस्तो पनि छ ।’

नेकपा एकिकृत
नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले अल्पमतमा परेको सरकार रहेकोले यो कार्यक्रम पास नहने बताए ।
चन्द्रमा मान्छे पुर्यायो भने मान्छे बाँच्छ बाँच्दैन होला भन्ने जस्तो बहसको अर्थ नरहेको बताउदै उनले विषयहरू कार्यक्रममा रहेको भएपनि अल्पमतमा रहेको नीति तथा कार्यक्रम पास नै नहुने भएकोले यसको कुनै अर्थ नरहेको प्रतिक्रिया दिए । उनले भने,‘ अर्को नीति तथा कार्यक्रम बन्छ । यो समय कटनी मात्रै हो ।’

के भन्छ सत्ता पक्ष ?
सरकारले संसदको अधिवेशन अन्त्य गर्नेतिर भन्दा पनि स्वभाविक ढंगले नीति तथा कार्यक्रम ल्याएको र छलफल गरेर पारित हुने भण्डारीले विश्वास व्यक्त गरे । सामान्य परिस्थितिमा बाहेक बजेट संसदबाटै ल्याइने बताउदै उनले भने,‘ मधेश प्रदेशमा एमालेले सरकारलाई समर्थन दिएको कारण कोशी प्रदेशमा पनि जे हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्