घोराही सिमेन्टको आईपीओ खुला, कर्मचारी र स्थानीयले भने रुची देखाएका थिएनन्

घोराही सिमेन्टको आईपीओ खुला, कर्मचारी र स्थानीयले भने रुची देखाएका थिएनन्

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते)देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीय, कर्मचारी, म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओमा न्यूनमात्रै आवेदन परेको छ । पछिल्लो समय सिमेन्टको व्यवसाय नै ओरालो लागेको बेला घोराहीले प्रस्तुत गरेको तथ्यांकमा शंका उब्जिएपछि निष्कासन गरेको आईपीओमा मागअनुसार आवेदन नपरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्