अनलाइन बेटिङको प्रचार गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

<span class='c1'>अनलाइन बेटिङको प्रचार गरेको आरोपमा कलाकार</span> <span class='c2'>‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ</span>

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकारसहित ८ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित ८ जनालाई पक्राउ गरेको हो।

अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे),गणेश देवकोटा (जीडी),एलिश राई
पवन खतिवडा (म्याकुरी), जालन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) पक्राउ परेका छन् ।

अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बुधबार मात्र वान एक्स बेटिङ गरेको आरोपमा पाँच जनालाई कार्यालयले सार्वजनिक गरेको थियो। युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने​ बेटिङमार्फत अवैध रुपमा कारोबार भइरहेको भन्दै कार्यालयले अपरेसन सुरु गरेको छ। बुधबार कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीले यस बेटिङमार्पत अवैध कारोबार रोक्न विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका थिए।

सोही प्रकरणमा अन्य कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्