सुजता लिम्बू
विराटनगर । समय र परिस्थिति एकसाथ नहुँदा कहिलेकाँही मानिसको यात्राले अपेक्षाविहिन गन्तव्य समाउनुपर्ने बाध्यता आइलाग्छ । त्यसो त उनले हिँडेको पथ र प्रापत गर्न खोजको गन्तव्य यो थिएन । तर, परिस्थितिले त्यही पुर्यायो जहाँ उनलाई पुग्नु नै थिएन । कार्यालयको समय धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा भेटिनुपर्ने मेयर हर्क साम्पाङ विराटनगरस्थित उच्च अदालतको एक कुनामा आम सर्वसाधरण झैँ भेटिए । सामान्य पोसाकमा हातमा मोबाइल फोन, सानो डायरीका साथमा उनी निर्भीकताका साथ प्रतिक्षमा थिए ।
अदालतमा आउनेजाने सेवाग्राही मध्ये उनी धेरैको नजरमा परे जतिको नजरमा परे सबैका अनुहारमा उनका लागि कहुतहलताका भाव छर्लङ्ग देख्न सकिन्थ्यो ।
कतिलाई नजिकिएर बोल्ने चाहाना भएर पनि नजिकिन चाहानन् या भनौँ अपरिचित नै रहन चाहे , जो नजिकिन खोज्दै छेवैमा पुगेलाई हाँस्दै प्रक्रियामा उनले भने, ‘मत यहाँ पो आइपुगेको छु त हौ, अदालतमा मुद्दा लगाइदिएको छ त्यही मुद्दाको प्रतिवाद गर्न आएको हो ।’
उच्च अदालत विराटनगरले मयेर साम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष विहीन रहेको धरान खोपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अभ्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतका न्यायधीश मुरारिबाबु श्रेष्ठको इजलासले उच्च अदालतमा छलफलका लागि दुवै पक्षलाई ३२ गते बोलाइएको थियो तर इजलासमा परेको बेन्चले हेर्न नमिल्ने भएपछि पेसी स्थगित भएको थियो । मुद्दाले साह्रै झमेला दिइरहेको सुनाउछन् ।,‘ मुद्दाले झमेला छ, सेवाग्राहीको कुरा सुन्नुपर्नेमा अदालतमा छु ।’ उनी भन्छन्,‘ चित्त नबुझे सिंगल- सिंगल भिडुम साह्रै चित्त बुझेन भने खेलौँ, हप्तामा तीनवटा मुद्दा आउछ, मेरो कार्यकाल मुद्दा प्रतिवाद गर्दै बस्ने हो ? देशको लागि सोँचिरहेको मान्छेलाई मुद्दा लागेको छ ।‘
जीवन काडै-काँडा रहेको बताउदै उनी थप्छन्,‘ कति मुद्दा लड्नु मैले विकास चाहेको हो, मुद्दा होइन ।’
बोर्डका अध्यक्ष नै नगर प्रमुख हुने निणर्य भएपछि...
२०७४ अगाडी अर्थात स्थानीय तहको निर्वाचन हुनु अगाडी देखि नै बोर्डको अध्यक्ष नगरपालिकाको प्रमुख बन्ने निणर्य गरेपछि सोही अनुसार आफू नै खानेपानी बोर्डको अध्यक्ष रहेको बताए ।
उनले सोही निणर्य अनुसार नै बोर्डको अध्यक्ष नगरपालिकाको प्रमुख हुने भएकाले तत्कालिन मेयर स्वर्गिय तारा सुब्बा बोर्डका अध्यक्ष भएका थिए । उनको मृत्युपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रमुख मञ्जु भण्डारीले सम्हालेका थिइन । उपनिर्वाचनपछि तिलक राईले बोर्डको अध्यक्ष सम्हालेका थिए ।
अहिले अहिले मेयर साम्पाङ बोर्डको अध्यक्ष रहेर कार्यभार सम्हालिरहेका छन् । उनले २०४७ को निणर्य अनुसार आफूले काम गरिरहेको बताए । ‘पहिले नै यो निणर्य गरिएको छ नगर प्रमुख जो हुन्छ उ नै खानेपानी बोर्डको अध्यक्ष बन्ने भनेर त्यही अनुसार मैले शपथ ग्रहण गरेपछि काम सुरु भयो’ उनले भने,‘ अहिले बैठकमा बोलाएन भनेर मुद्दा लगाएको छ ।’
नियममा ६ पटक बैठक बोलाउनुपर्ने भन्ने छ नि होइन भन्ने प्रश्नमा उनले फर्जि कागजपत्र देखाएर संस्थाको सदस्य भएकाको संस्थाहरु नै नभएको उनले दाबी गरे ।
फर्जी डकुमेन्ट पेस गरेर सदस्य भएको दाबी गर्दै लने सूर्यबहादुर भट्टराईको संस्था र कार्यलय नभएको साधरणसभा भएको केही आधिकारिक प्रमाण पनि नभएको उनले बताए ।
श्याम पोखरेलको रष्ट्रिय उपभोक्ता मञ्च सुनसरी भन्ने संस्थाको पनि संस्था सूचिकृत दर्ता नभएका बताउदै उनले भने,‘त्यहाँबाट आएको भन्ने पत्र छ यो संस्था नै छैन, उहाँहरुलाई कसरी सदस्य भन्ने ?’ सबै पार्टीगत भाबण्डाबाट आएको बताउदै जलश्रोत संरक्षण तथा प्रवद्र्धन संस्था धरान १७ को अहिलेको वडाध्यक्षको समेत कुनै उल्लेखित संस्था नभएको बताए ।
‘यस्तो खालको फर्जी कुरा दिएर संस्थाको सदस्य बन्नुभएको रहेछ , म त्यो समय जनताको पक्षमा आन्दोलन गरेर हिँडिरहेको थिए ।’ उनले भने,‘उहाँहरुले बोर्ड गठन गर्नुभएको थियो त्यो समय देखि हाम्रो असहमति हो ।’
उनी थप्छन्,्रदेवराज श्रेष्ठ, श्याम पाखरेल, मनोज भटराई सूर्य भट्टराईले मुद्दा लगाउनुभएको रहेछ, तर उहाँहरुले देखाएको संस्थाको अस्तित्व नै छैन अस्तित्वमा नभएको संस्थाको कसरी म प्रतिनिधि मान्नु ?’
आफै बहस गर्छु
जनताको वाकलत गर्ने भएको आफूलाई परेको समस्याका विषयमा समेत आफै क बहस गर्ने गरेको उनी सुनाउछन् ।
‘मत बहस आफै गर्छु लाइसेन्स छैन मेरो आफूलाई परेको कुरामा बोल्ने हो नि, म पब्लिक आवाज हो नि,’
उनी खित्का छोडेर हाँस्दै सुनाउछन्,‘ उहाँहरुसँग कसरी बैठक बस्ने होला ? मत बगरमा पनि हास्छु, अदालतमा पनि हाँस्दै आइरहेको छु ।’ पानीको प्रसंगमा उनले पुरानो संरचना र शहरहरु विस्तारित हुँदै गइरहेकाले पनि धरानमा खानेपनी समस्या हुने गरेको उनले बताए ।
‘मनसुन हुँदा हामीले खानेपानी आपूर्ती गराई रहेका छौ सबै खालको कोसिस गरिसकेका छौ, सबै मैले कोशीस गरेको छु, ’ उनलेभने,‘ पाइप नपुगको कुनै खोला खोल्सी छैन । सबै तिर पाइप पुगको छ । ’
कोकाह कहिल्यै नसुक्ने श्रोत भएकाले धरानसम्म कोकाहको पानी आउनु ठूलो प्सपोइनट हुने उनी सुनाउछन् ।
‘ यो भर्खरै ल्याएकाले लिग गराउन कर्मचारी पठाइरहेको छु, हावाहरु पूणर् रुपमा निकालेपछि मात्रै पानी आउने रहेछ , उनले भने,‘ हामीले सुधार थुप्रै गरेका छौ समाधानका लगि कोशीबाट नै पानी ल्याउनुपर्छ ।’
भूमिगत श्रोतबाट पानी आपूर्ती गर्र्दा धेरै पैसा लाग्ने, लाइन जाँदा पानी नआउने जस्ता समस्या हुने उनी बताउछन् ।
सय दिन लाग्यो कोकाहको पानी ल्याउन
‘ श्रमदान भनेको देशक्ति हो ’उनी हास्दै सुनाउछन् । श्रमदानको माध्मबाट नै एकसय दिन लगाएर कोकाहको पानी धरानको माटोसम्म ल्याएको सुनाउने उनी असारमा खडेरी लागेर पनि गाह्रो भएको उनी बताउछन् ।
धक फुकाएर हाँस्दै उनी सुनाउछन्,‘कोकाहको पानी ल्याएपछि पानी पर्छ भनेर कहिलेकाँही के —के बोलीपठाउछु पुगेको जस्तो पनि लाग्छ , ठयाक्कै त्यही भयो ।’
कोकाहको पानी लिनलाई आफू नै पुग्नुपर्ने धेरै ठाँउ भनेको उनी सुनाउछन् । पानी नल्याइ घर नफर्किने प्रतिवद्धता जनाउदै कार्यलयको समय सकेर घरबाट निस्किएका उनी पानी ल्याउन सफल भएको बताउछन् ।
‘म पुगेपछि पानी आयो, कोकाहको पानी धरानको भूमिमा झरेपछि पानी पनि पर्यो मत छक्क परे हौ, के संयोग थियो ? ’ भावुकता र खुशी मिश्रित स्वरमा सुनाउछन्,‘ हा हा हा मुद्दा लाग्छ कि ? ( केही थिएन संयोग थियो ।’ विपिको समस्या पनि खडेरीकै कारण भएको उनी सुनाउछन् ।
आगामाी दिनमा २५ लाख रोप्ने घोषणा गरेको बताउदै उनले जेष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा समेत गरेका छन् । ‘आर्थिक अवस्था नाजुकहुनेको विजोक देखे, बुढेसकालमा धेरै रोग लाग्ने रहेछ जेष्ठ नागरिक उपचार केन्द्र बनाउने भनेर घोषणा गरेका छाँै,’ उनले भने,‘ एकदिन बनाउछौँ, श्रमदानको कुनै डिपिआर हूँदैन श्रमदान भनेको अर्कौ चिज हो, कुनै तुलना आंकलन गर्नु नै सकिदैन ।’
धरानमा रहेको विपि कोइराला विज्ञान प्रतिष्ठानकाको समस्याका विषयमा प्रश्न गर्दा उनी विपिको समस्या फरक रहेको बताउछन् । उनी भन्छन्,‘श्रमदान भनेको योजना होइन, देशक्ति हो । कोकाहको पनि डिपिहाअर छैन ।’
खानेपानीको सन्दर्भमा डिपिआर बनाएको ३५ वर्ष हुँदा पनि कार्यन्वयन नभएको बताउदै उनले आफूले श्रमदानबाट पानी दिएको बताउछन् ।
उनी बजेटबाट बनेको योजना पनि थुप्रै रहेको बताउदै उनले कोशीबाट पानी ल्याउने श्रमदान नभएको बताए ।