झापामा बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

<span class='c1'>झापामा बुद्ध र सगरमाथा</span> <span class='c2'>चिनाउन कलाचित्र प्रदर्शनी</span>

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहिबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको एक सय २० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गर्नुभएको छ ।

उहाँले आठ हजार आठ सय ४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गर्नुभएको छ । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको मौलिक पहिरन लगाएका एक सय ५६ जनाले ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीतमा सामूहिक नृत्य गरेका थिए ।

नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान दिलाउने बुद्ध र सगरमाथालाई उपयोगी कलामार्फत विश्वभर प्रचार गर्न प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका संयोजक एवं कलाकर्मी लामाले बताउनुभयो ।

उहाँले शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको विषयमा विश्वमञ्चमा प्रचार अझै आवश्यक रहेको जनाउँदै सगरमाथाको उचाइलाई मदिराको नाममा प्रयोग गरिएकामा आपत्ति प्रकट गर्नुभयो । मदिराको नाम ८,८४८ राखिएकामा साङ्केतिक विरोध जनाउँदै आठ हजार आठ सय ४८ वर्ग इञ्चको बुद्ध चित्र प्रदर्शन गरिएको उहाँको भनाइ थियो ।

उपयोगी चित्रकला विधाअन्तर्गत कोरिएको एक सय २० फिट लामो चित्र बोकेर मेचीनगरका सयौँ विद्यार्थी र कलाप्रेमीको र्यालीले स्थानीय बजार परिक्रमा गरेको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीले नेपाललाई विश्वव्यापीरूपमा चिनाउन कलाकार लामाले गरेको प्रयास प्रशंसायोग्य भएको बताउनुभयो ।

कलाकर्मी लामाले प्रदर्शनीमा राखिएको बुद्ध चित्र र उपयोगी कलालाई बुद्ध जन्मस्थल लुम्बिनीमा पुर्याएर प्रदर्शनी गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्