विदेशबाट फर्किने र जाने युवाहरुका लागि मधेस प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने तथा फर्किएका युवा जनशक्तिका लागि सो बजेट विनियोजन गरेको हो ।
प्रदेश सकारका अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार बजेट प्रस्तुत गर्दै उनीहरुसँग भएको सीपलाई सदुपयोग गरी स्वदेशमै आयआर्जनका बाटो खुलाउन उक्त बजेट विनियोन गरिएको बताए ।
उनले युवाहरुका लागि सीप विकास तालिम, प्राविधिक सहयोग, अनुदानमा आधारित ऋण जस्ता कार्यक्रमहरु सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।