साताको सेयर बजार बिश्लेषण – परिसूचक ५ प्रतिशत बढ्यो, १८ अर्ब बढीको कारोबार

साताको सेयर बजार बिश्लेषण – परिसूचक ५ प्रतिशत बढ्यो, १८ अर्ब बढीको कारोबार

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ । जेठ २२ गते अन्तिम पटक घटेको नेप्से परिसूचक त्यसयता निरन्तर बढिरहेको छ । लगातार आठौँ दिनसम्म बढ्दा परिसूचकमा यो साता मात्रै ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन परिसूचक १९.३९ अङ्कमा कायम थियो । जबकि, यो साताको अन्तिम कारोबार अर्थात बिहीबारसम्मको अवधिमा १०२ अङ्कले बढ्दै २०४२ अङ्कमा पुगेर रोकिएको छ । यो एक सातामा आएको ५.२८ प्रतिशतको वृद्धि हो ।

लगातार ८ दिनदेखि बढिरहेको नेप्से परिसूचक यो साताको ५ दिन नै बढेर बन्द भयो । यो सातामा १८ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । जबकि, गतसाता १० अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो । यो साता एकै दिन ५ अर्ब रुपैयाँ बराबरको समेत कारोबार भएको छ । यससँगै, नेप्सेको बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । यो साता निरन्तर परिसूचक बढ्दा डेढ खर्बले नेप्सेको बजार पुँजीकरण बढेको हो ।

गत साता नेप्सेको बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

परिसूचक १०२ अङ्कले बढ्दा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा वृद्धि आएको छ । यसमध्ये पर्यटन क्षेत्रमा फर्किएको लय देखेर लगानीकर्ता होटेल समूहमा झुम्मिएका छन् । यो साता होटेल समूह १५ प्रतिशतले बढ्यो । यस्तै, यो साता जीवन र निर्जीवन बीमा समूहमा समेत उत्कृष्ट वृद्धि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्