विराटनगर । सरकारी सेवा प्रवेशको लागी नेपालको ख्यातीप्राप्त शैक्षिक संस्था सिड्याप र विराटनगरको शिक्षादिप कलेज विच ५ बर्षको लागी सम्झौता भएको छ ।
निजामती सेवा, बैंकिङ, शिक्षक, शिक्षा, सुरक्षा, संस्थान लगायतको उत्कृष्ट तयारीको लागि सिड्याप र शिक्षादिप कलेज विच ५ बर्षका लागी सम्झौता भएको हो ।
सिड्यापका डाईरेक्टर रविन शर्मा र शिक्षादिप कलेजका प्रिन्सीपल ज्ञानु खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरी अगामी ५ बर्षका लागी काम गर्ने भएका छन् ।
काठमान्डौ सिहदरबार अगाडी पुतली सडकमा रहेको लोकसेवा तयारी गर्नेहरुको लागी साझा अभ्यासको थलोको रुपमा परिचित सिड्यापले सम्भmैता अनुसार शिक्षादिपका विद्यार्थीहरुलाई २५ प्रतिशत छुटको व्यावस्था गर्ने भएको छ ।
त्यसका अलवा लोकसेवा तयारीका लागी विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री , परामर्स तथा सशजीकरण समेत सिड्यापले निशुल्क गर्ने भएको छ ।