कोशी प्रदेश बाढी पहिरो अपडेट : दुई जनाको मृत्यु, २८ बेपत्ता

<span class='c1'>कोशी प्रदेश बाढी पहिरो अपडेट :</span> <span class='c2'>दुई जनाको मृत्यु, २८ बेपत्ता</span>

विराटनगर । गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार संखुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको हो ।

उनका अनुसार हालसम्म २८ जना वेपत्ता रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसार सबैभन्दा धेरै वेपत्ता हुने जिल्ला संखुवासभा हो । संखुवासभामा २० जना वेपत्ता रहेको छ । संखुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ ।
बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउपालिकामा चार जना वेपत्ता भएको प्रहरी प्रमुख बास्तोलाले जानकारी दिए ।

एक जनाको शव भेटिएको उनले जानकारी दिए । उनी अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुर हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
यस्तै बाढीले संखुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा क्षति गरेको छ । यस्तै पाँचथर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् ।

बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डिआइजी बास्तोलाले बताए ।

उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । वेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो क्षति भएको बाँस्तोलाले जानकारी दिए । ‘तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसाहरु भत्किएको छ । केही हाइड्रोहरूमा क्षति पुगेको छ । पाँचथरको हिलिहाङ र फिदिमको सीमाानामा पर्ने मेची राजमार्गको पुल पूर्ण रुपमा क्षति पुगेको छ ।
तमोर करिडोरमा विभिन्न पुलहरु भत्किएका छन् । धनकुटा मुलघाटतिर जाने बाटोको आगमन बन्द भएको डिआइजी बाँस्तोलाले जानकारी दिँदै भने, वर्षा रोकिने र पुनः पर्ने क्रम जारी छ । तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारीहरु उक्त ठाउँमा उद्धार कार्यमा लागेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् ।

कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था रहेको र पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको र जोखिममा भएका मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्