विराटनगर । पहिचान पक्षधर र काेशी प्रदेश सरकारबीचकाे वार्ता पाँच घण्टा पछि टुङ्गिएकाे छ ।
साेमबार विराटनगरकाे विग हाेटलमा छलफल विना निष्कर्ष टुङ्गिएकाे हाे ।
वार्ता साेहार्दपूर्ण रहेकाे सरकारद्वारा गठित वार्ता टाेलीका संयाेजक तिलकुमार मेन्याङ्बोले बताए । उनले नामकरणको विषय बस्तुमा प्रवेश गरेकाे बताउदै वार्ता पुन बस्ने सहमति रहेको बताए ।
पहिचान पक्षधरका वार्ता टाेली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएकाे जानकारी दिए ।
फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम काेशी राखेपछि पहिचान पक्षधर पछिल्लो समय सडक आन्दोलनमा छन् ।