मोरङबाट बर्षेनी हजारौँको संख्यामा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो

<span class='c1'>मोरङबाट बर्षेनी हजारौँको संख्यामा</span> <span class='c2'>वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो</span>

विराटनगर । मोरङ जिल्लाबाट बर्षेनी हजारौँको संख्यामा नेपाली नागरिक विदेशीने गरेको पाइएको छ ।

सन् २०१९ देखि सन् २०२३ को चैत्र महिनासम्म मोरङबाट १ लाख ९८ हजार ६ सय १८ जना नागरिक रोजगारीका लागि विदेशीएका छन् ।

विराटनगर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) परियोजना र परियोजनाको साझेदार संस्था सगरमाथा समूदाय विकास केन्द्र (एससीडीसी) ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क त्यस्तो भेटिएको हो ।

कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कमा गएको ४ बर्षमा २ लाख भन्दा बढी नागरिकहरु विदेशीएको पाइएको छ । सगरमाथा समुदाय विकास केन्द्र (एससीडीसी) का अध्यक्ष केशरबहादुर बस्नेतले प्रत्येक दिन नेपालबाट २५ जना नेपाली नागरिक रोजगारीको लागि विदेशीने गरेको बताए ।

प्राय जसो खाडी मुलुक साउदी अरब , कतार , दुबई , मलेशिया लगायका देशहरुमा रोजगारी कै शिलशिलामा जाने गरेका छन् ।
विराटनगर महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख दिपक पौडेलले विराटनगर महानगरपालिका सहित उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम संचालन भईरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्