विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
आज सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाखा र घाइतको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यसैगरी वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय समेत भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
फोटो:फाइल