विराटनगरमा आधुनिक प्रकारको ‘ विराट कल्चर हाउस ’संचालनमा आउदै

<span class='c1'>विराटनगरमा आधुनिक प्रकारको ‘ विराट</span> <span class='c2'>कल्चर हाउस ’संचालनमा आउदै</span>

विराटनगर । सबै जातजातीको पोसाकदेखी घरायसी सामाग्री उपलब्ध गराउने उद्धेस्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आउने भएको छ ।
विराटनगर ९ स्थित हिमालय हल अगाडी मंगलबारबाट औपचारिक रुपमा संचालनमा ल्याईने भएको हो ।

विराटनगरकी युवा महिला उद्यमी सुप्रिया श्रेष्ठले विराटनगरमा फरक शैलीको आर्कषण डिजाईन सहित बनाईएको कल्चर हाउसमा आधुनिक वस्तुहरु उपलब्ध हुनेछन् ।
विशेषगरी विभिन्न जातजातीका लोप हुदै गएका पुराना गरगहना , पोसाक र घरायसी प्रयोजन तथा साजसज्जवटको लागी वस्तुहरु उचित मुल्यमा उपलब्ध हुने ‘विराट कल्चर हाउस’ की संचालिका सुप्रिया श्रेष्ठले जानकारी दिईन् । विराटनगरमा नै पहिलो पटक आधुनिक किसिमको कल्चर हाउस भोली असार ५ गतेबाट संचालनमा ल्याउन लागेका छौँ,‘एक पटक अवलोकन गरिदिनको लागी पनि म अनुरोध गर्दछु् ।’ कल्चर हाउसमा काठको ठेकी, तोङ्गवा, थुन्चे, ढोको नाम्लो, नाङलो, पेरेङगो, सिलाम साक्मा, ढाकाका कपडा, नेपाली झण्डा, राई लिम्बु, मगर , गुरुङ, नेवार, तामाङ, सेर्पा , राजवंशी लगायत अन्य लोपन्मुख जातजातीका आधुनिक पोसाक साथै साज सज्जावटका सामाग्री उपलब्ध हुने ‘विराट कल्चर हाउस’ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्