पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित

<span class='c1'>पहिरोका कारण पाँचथर जिल्लामा ३</span> <span class='c2'>सय ३४ जना विस्थापित</span>

असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् ।

जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

पछिल्लो पटक पछिल्लो पटक गएको पहिराले जिल्लाको फालेलुङ गाउँपालिका ३ लुम्मिनदाङका २५ घर परिवार विस्थापित भएका छन् । यस्तै, हिलिहाङ ७ मा ७ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

जिल्लाको फालेलुङ ५ डाँडाडाँ बस्ती नजिकै जमिन भासिएपछि ४० घर जोखिममा परेको वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए । बाढी पहिरो परेर हालसम्म ३ जनाले ज्यान गुमाएका छन भने ३ जना बेपत्ता छन् । पहिरोका कारण १५ वटा झोलुङ्गे पुल बगेका छन् ।

बाढीले हेंवा तमोर नदीका पुल बगाँउदा मेची राजमार्गमा आवागमन ठप्प भएको छ । ठाउँ ठाउँमा विद्युत् र खानेपानी आयोजनामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्