विराटनगर । इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले किस्ताबन्दी र 'डे सर्फिङ्ग' प्याकेज ल्याएको छ ।
सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुराउने उद्देश्यका साथ आफ्नो सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले किस्ताबन्दी र 'डे सर्फिङ्ग' प्याकेज ल्याएको हो ।
५० र ८० एमबीपीएस प्याकेजकाे सेवा दिइरहेकाे कम्पनीले आफ्नो इन्टरनेट देशकै सस्तो भएको वाई–फाई नेपालले दाबी गरेको छ ।
ठुलो गतिको स्पिडको आवश्यकता नभएका २४ घण्टाको इन्टरनेटको पैसा तिर्ने तर युज गर्नु नपर्ने ग्राहकहरुलाई 'डे सर्फिङ्ग' प्याकेजले ठुलो राहत दिने साथै रिटेल स्टोर , पुस्तक पसल र इलेक्ट्रिकल सपहरुलाई 'डे सर्फिङ्ग' प्याकेज उपयुक्त हुने वाईफाई नेपालका विराटनगर प्रमुख दिपेश यादवले जनाकारी दिए।
बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म ५० एमबिपिएसको गतिमा अनलिमिटेड व्याण्डविथसहित चल्ने 'डे सर्फिङ्ग' प्याकेज वार्षिक लिने ग्राहकलाई तीन हजार ६ सय रुपैयाँ पर्ने वाईफाई नेपालले जनाएको छ । साथै दुई हजार १ सयको छ महिने प्याकेज र एक हजार १०० रुपैयाँमा तीन महिने प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ। उक्त प्याकेजमा मूल्य अभिबृद्धि कर भने अतिरिक्त लाग्ने प्रमुख यादवले बताए ।
आफ्नो इन्टरनेट सेवामा किस्ताबन्दी प्याकेज पनि ल्याएको कम्पनीले जनाएको छ।
यस अन्तर्गत वाईफाई नेपालले मासिक आठ सय ४२ रुपैयाँमा ५० एमबिपिएसको २४ घण्टा अनलिमिटेड चल्ने इन्टरनेट सेवा उपलब्ध गराउने र मासिक नौ सय २५ रुपैयाँ किस्तामा ८० एमबिपिएस उपलब्ध गराउने प्रमुख यादवले जानकारी दिए ।
"सस्तो पनि भरपर्दो पनि" भन्ने नाराका साथ नेपालका सबै मुख्य शहरमा सेवा दिदै आएको वाईफाई नेपाल पछिल्लो समय आम ग्राहक माझ लोकप्रिय छ।