नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको प्रथम अधिवेशन असार ९ गते हुदैछ ।
अधिवेशनको लागि दुइ वटा समुहले उमेद्वारी दर्ता गराएका छन् । बिवेक दाहाल अध्यक्षमा उम्मेदवारी दिएको समुहबाट समूहबाट उपाध्यक्षमा प्रदिप थापा, सचिबमा कृष्ण प्रसाद बजगाइ, कोषाध्यक्ष याम प्रसाद चौलागाई, सदस्य सरोज चौधरी, सुरक्षा भण्डारी र सुवास गच्छदार रहेका छन् । नीति निर्माण तहमा आफ्नो पेशाका समस्याको समाधान खोज्न उमेद्द्वारी दिएको दाहाल पक्षको भनाइ छ । आफ्नो समुहमा सबै औषधिजन्य विधाका जनाकारी तथा विज्ञ व्यक्तिहरु भएको कारण सरकारी निकायसंग हकहितका लागि लड्न सहज हुने दाबी उक्त समुहको रहेको छ ।
यस्तै, शम्भु साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण (बीएन) चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजिप खड्का, सदस्यहरुमा विजय कार्की, रश्मि अधिकारी र संगीना कुमारी चौधरी रहेका छन् । समुहले पेशागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने एजेन्डा लिएर मैदानमा छ ।
दुवै पक्षले आफ्ना आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छन् । निर्वाचन असर ९ गते बिराटनगरको सप्तकोशी पार्टी प्यालेसमा हुनेछ ।