विराटनगर । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गेष्ट लेक्चरल कक्षा लिएका छन् ।
बुधबार क्याम्पसको बि.बि.ए. कार्यक्रमले आयोजना गरेको लेक्चरल कक्षामा रिजाल गेष्टको रुपमा उपस्थित भएका हुन् ।
उनले नेपाली समाज र राजनीति, विश्वको अर्थतन्त्र र नेपाली अर्थतन्त्र, राजनीति र अर्थतन्त्रसँग विकासको सम्बन्ध, आर्थिक कुटनीतिसँग सम्बन्धित विषयमा विद्यार्थीलाई क्लास लिएका थिए ।
मोरङ क्यामपस बि.बि.ए. कार्यक्रम को–अर्डिनेटर रामनारायण दासका अनुसार क्याम्पस प्रमुख बाबुराम तिम्सिना, स्ववियुका सभापतिसहितको उपस्थितिमा विद्यार्थीहरुलाई समयसायमिक अर्थ–राजनीतिका बारेमा जानकारी गराइएको हो ।