बाढी, पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले पाउने गरी कोशी प्रदेश सरकारले पठायो राहत

<span class='c1'>बाढी, पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले</span> <span class='c2'>पाउने गरी कोशी प्रदेश सरकारले पठायो राहत</span>

विराटनगर । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रति मृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त भएका सङ्खुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ५० हजार रुपियाँ पठाएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजारका दरले र आंशिक क्षति भएका चार वटा घर पुनः निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो ।

उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्