विराटनगर । पत्रकारीताको विकास र प्रवद्र्धन गर्ने उदेस्यका साथ विराटनगरमा आधारभुत पत्रकारीता तथा रेडियो उद्घोण तालिम सुरु भएको छ ।
नेपाल प्रेस ईन्स्टिच्युट क्षेत्रिय सञ्चार स्रोत केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीका वडा नम्बर १० को आर्थिक सहयोगमा ८ दिने आधारभुत पत्रकारीता तथा रेडियो उद्घोण तालिम बिहीबारबाट सुरु भएको हो ।
आधारभुत पत्रकारीता तथा रेडियो उद्घोण तालिमको विराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा तथा विएफएमका निर्देशक तथा मिडियाकर्मी सन्देशदास श्रेष्ठले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सहजीकरण गर्नुभएको छ ।
तालिममा पत्रकारीता क्षेत्रमा नयाँ आयामका लागी लाग्न ईच्छुक १० जना स्थानिय युवा विद्यार्थी तथा महिलाहरुको सहभागिता रहेको क्षेत्रिय संचार स्रोत केन्द्र विराटनगरका संयोजक विरेन्द्र शर्माले जानकारी दिनुभयो ।