भित्र गाँउसभा बाहिर अनसन : कटहरी गाँउसभाको अधिवेशन कै दिन जनप्रतिनिधीहरु अनसनमा

<span class='c1'>भित्र गाँउसभा बाहिर अनसन : कटहरी</span> <span class='c2'>गाँउसभाको अधिवेशन कै दिन जनप्रतिनिधीहरु अनसनमा</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले दोस्रो गाउँ सभाको तेस्रो अधिवेशन कै दिन ३ नम्बर वडाका जनप्रतिनिधिहरु भने अनशनमा बसेका छन् ।

हुलाकी सडक छिटो निर्माणका लागि दबाब दिन कटहरी गाउँपालिकाको कार्यालयमा पुगेका युवालाई प्रहरीले पक्राउ गरेपछि वडाध्यक्ष सहितका जनप्रतिनिधिले बिहीबार विहानबाट अनशन शुरू गरेका हुन ।

गाउँपालिकाको गाउँसभा जीवन विकासको सभा हलमा आजै भएको थियो । हुलाकी सडक तत्काल निर्माण गरिनुपर्ने र पक्राउ परेकालाई तत्काल रिहा गरिनुपर्ने आफ्नो माग सहित धर्नामा बस्ने भनेर हिजो बुधबारका दिन नै पत्रकार सम्मेलन गरेका थिए ।

दबाबका लागि भन्दै गाउँपालिका पुगेका ४५ वर्षीय राजेश कामतलाई पक्राउ गरी अभद्र व्यवहारको अभियोगमा म्याद थप गरी मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ । ४५ वर्षीय महेश कामत, ५५ वर्षीय शंकर पासवान, २२ वर्षी राजा कामत र ३० वर्षीय विकेश मण्डलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरु भने अहिले सम्र्पक विहीन छन् ।

हुलाकी सडक समयमै निर्माण गर्न गाउँपालिकाले पहल गर्नुपर्ने माग राख्दै वडा नम्बर ३ का स्थानीयले कटहरी बजारमा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा मे १ ख २५२३ नम्बरको ट्रकमा ढुङ्गा प्रहार गरी क्षति पु¥याइएको थियो । वडाध्यक्ष कामतले जायज माग राख्दा पनि आफ्ना नागरिकलाई गाउँपालिका अध्यक्ष देवराज चौधरीले पक्रिन लगाएको आरोप लगाएका छन् ।
वडाध्यक्षका अलावा वडा सदस्यहरू बल्सी दास तत्मा, शंकर पासवान, दुखनीकुमारी पासवान र सुलेखा देवी गनगाईं आजबाट गाँउपालीकाको प्रवेशद्धारा नजिकै अनशनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्