ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।
उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको बरालले जानकारी दिए।
करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए।